काठमाडौं । र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ । यस विषयमा प्रहरीले छानबिन थालेको र दुवै पक्षलाई छलफलका लागि बोलाएको स्रोतले जनाएको छ। 

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com