काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।

यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन।

प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com