काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।
काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको काठमाडौं महानगरले जानकारी दिएको छ। शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो।
बञ्चरेडाँडाका स्थानीयबासीले विरोध जनाउँदा लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन। उनीहरूसँग सहमति भएपछि पुन: फोहोर उठाउने सहमति भएको हो।
शुक्रबार र शनिबार फोहोर ढुवानी गर्न तथा विसर्जन गर्न कसैले अवरोध गरेको थिएन। साइट इन्चार्ज इन्जिनियरका अनुसार यसरी नै फोहोरहरू व्यवस्थापन गरेमा काठमाडौंका सडक केहीदिनमै सफा हुनेछन्।
प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार
प्रतिक्रिया