मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।                                                        पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र छोरी अमिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो ।                                                     जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com