काठमाडौँ । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ।
प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार
प्रतिक्रिया