काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब तोडफोड, आगजनी, हत्या र हिंसाका गतिविधिहरू सह्य नहुने स्पष्ट पारेका छन्।

शनिबार झापाको दमकमा आयोजित जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति टिप्पणी गर्दै ती गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा राखे।

प्रधानमन्त्री ओलीले शान्तिपूर्ण आन्दोलनको नाममा हिंसात्मक गतिविधि र लुटपाट गर्नु सर्वथा अनुचित भएको बताए। उनले भने, “जनतालाई उक्साएर, भड्काएर, आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेहरू, जनताले एक पटक फालिसकेको राजतन्त्र फेरि फर्काउने सपना देखिरहेका छन्। दुई-चार सडकमा हुटहुटे देखाएर राजा फर्किन्छ र? यस्तो तमासा देखाएर के प्राप्त हुन्छ?”

तीनकुनेमा शान्तिपूर्ण भनिएको प्रदर्शनमा सहभागीहरूले रक्सीको बोतल चोरेको, स्याउ लुटेको, औषधि कारखानामा आगो लगाएको घटनालाई प्रधानमन्त्री ओलीले देश निर्माण गर्ने तत्व नभएको दाबी गरे। उनले ती प्रदर्शनकारीलाई व्यंग्य गर्दै भने, “देश त यस्तो किसिमका चोरेर भाग्नेहरूले बनाउँछन् रे? यस्तो आन्दोलन, यस्तो क्रान्ति?”

राजतन्त्र फर्काउने सपना देख्नेहरूप्रति झनै कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, “राजा फर्काएपछि आफूहरू मन्त्री बन्छन् भन्नेहरू देखिए। तर तीभन्दा पशुपतिका बाँदर मन्त्री बनाइयो भने अझ राम्रो हुन्छ। कम्तीमा बाँदरले त रक्सी चोर्दैनन्।”

 

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com