काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाली जनतालाई सुखी तुल्याउन र समृद्ध नेपाल बनाउनको लागि समाजवादी क्रान्तिको जरुरी औंल्याएका छन् । आज (शनिबार) सप्तरीको राजविराजमा आयोजित एमाले सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा गरिबी रहेको र बेरोजगारीका कारण युवाहरु विदेसिन बाध्य भएको पनि बादलको दाबी छ । उनले भने,‘देशमा गरिबी छ, अहिले भएको रोजगारले जीवन धान्न गाह्रो छ । परिवार चलाउन गाह्रो छ, नेपाली जनता दरिद्र छन्, गरिब छन्, परिवार चलाउन विदेसिनुपर्ने बाध्यता छ ।’

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com