काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०८२ को अवसरमा नेपाली जनसमुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दै, समस्त प्रकारका राजतान्त्रिक जन्जिरहरूबाट मुक्ति मिलोस् भन्ने कामना गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक शुभकामना सन्देशमा भट्टराईले जनताले अब अग्रगामी, लोकतान्त्रिक र वैकल्पिक राजनीतिक शक्तिहरूलाई अँगालून् भन्ने अपेक्षा समेत व्यक्त गरेका छन्। साथै, देशमा सुशासन, समावेशिता र दिगो समृद्धिको मार्ग प्रशस्त होस् भन्ने उनको आशय छ।
उनले लेखेका छन्, “नयाँ वर्षले नेपाली जनतालाई सबै खाले राजा र रजौटाहरूबाट पूर्णरूपमा मुक्ति देओस्। अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन्। देशमा सुशासन र समृद्धिको ढोका खुलेर जाओस्। नयाँ वर्ष २०८२ को सबैमा हार्दिक शुभकामना!”
प्रकाशित मिति: १ बैशाख २०८२, सोमबार
प्रतिक्रिया