काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू गोर्खाली भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै आफू गोर्खाली भएको र आफूलाई केही नहुने बताएका हुन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक पेजमा अपडेट गरेको अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको र डिस्चार्ज हुने भन्नेबारेको स्टाटस शेयर गर्दै उनले उक्त भनाइ प्रस्तुत गरेका हुन् ।‘आइएम गोर्खाली डन्ट वरी, वान टिम जय नेपाल,’ उनले भनेका छन् ।

गएराति कुवेतमा भएको एएफसी एशियन कप २०२३ छनौँट खेलको दोस्रो खेलका क्रममा उनी एक्कासी अचेत भएर ढलेका थिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com