रामेछाप । जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा जिसस प्रमुखमा नेपाली कांग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेमसागर थापा निर्वाचित भएका छन् । प्रमुख र उप्रमुखसहित गठबन्धनका अन्य सदस्य पनि विजयी भएका छन् ।

कांग्रेसबाट अनिषा माझी, बाबुलाल योन्जन र बीरबहादुर कार्की तथा माओवादी केन्द्रबाट बिन्दा कार्की, हीराकुमारी गिरी, डम्बरकुमारी रसाइली र बिक्रम थापामगर जिसस सदस्यमा निर्वाचित भएका छन् ।

जिसस रामेछापमा कांग्रेसले प्रमुख लिदा बहमुत सदस्यसहित माओवादी केन्द्रले उपप्रमुख पद लिएको थियो । 

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com