काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबको महत्वपुर्ण योगदान रहेको बताएकी छिन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेशनलले आइतवार आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।                                                                  उनले क्लबले नेपालको स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्को क्षेत्रमा योगदान पुर्याएको बताईन् ।राष्ट्रपति भण्डारीले अस्पताल, विद्यालय र बाल गृह सञ्चालनमा पुर्‍याएको योगदान बारे पनि चर्चा गर्दै उनले भनिन् ।-‘ नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, बाल गृहलगायत सञ्चालन गरिरहेको छ यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुसी लाग्यो ।’                                                       देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिरोजस्ता समस्याले वर्षाको समयमा ठूलो जनधनको क्षति पुर्‍याउने गरेको भन्दै सरकारका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताइन् ।

पहिलो पटक नेपालमा सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व. मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । हाल नेपालमा झन्डै दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबले विशेष गरि शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com