काठमाण्डौ – काठमाण्डौको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ-५ घर भइ हाल काठमाण्डौको काँडाघारीमा बस्ने ३४ वर्षिय सम्झना राई रहेकी छिन् ।                                                        ना ५ ख २९ १९ नम्बरको ट्रकले गएराति पौने १० बजे  बा ७१ प ३०५४ नम्बरको को मोटरसाइकल लाई ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि रहेकी सम्झना राईको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा १० बजे मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com