काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । त्यसका लागि चलेखल भइरहेको उनको दाबी छ ।

‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं,’ उनले भने ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com