काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कमल थापाले गठन गरेको राप्रपा नेपालमा गएका दुई नेता उद्धव पौडेल र कोषाध्यक्ष बनेका चन्द्रबहादुर गुरुङ पुनः राप्रपामै फर्किएका छन् । दुबै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका हुन् ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएपछि पौडेल र गुरुङले पनि राप्रपा छाडेर थापालाई साथ दिएका थिए । सोमबार राप्रपाका फर्किएका उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नखुलेको राप्रपाका एक नेताले बताए ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com