गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आफ्नो मन्त्रालयले अघिल्लो वर्षकाे भन्दा पनि कम बजेट पाएको भन्दै आउँदाे आर्थिक वर्षकाे बजेटकाे विराेध गरेका छन् । संसदीय कार्यालयमा साेमवार पत्रकार सम्मेलन गर्दै उनले उक्त बिरोध ब्यक्त गरेका हुन् ।

जसपाका नेतासमेत रहेका मन्त्री आचार्यले चालु आर्थिक वर्षमा १२ दशमलव ६ प्रतिशत बजेट पाएको मन्त्रालयलाई आउँदाे बजेटमा ६ दशमलव ३ प्रतिशत मात्रै बजेट छुट्याइएकाे बताए ।

गण्डकी प्रदेशकाे हालको बजेट ३० अर्ब रुपैयाँ रहेको र अब आउने बजेट ३६ अर्ब रुपैयाँभन्दा धेरैकाे भए पनि आफ्नाे मन्त्रालयले कम पाएकाे गुनासाे गरे ।मन्त्री आचार्यले
जसपा सरकारबाट बाहिरिन सक्ने समेत  चेतावनी दिए ।उनले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको हालिमुहाली रहेकाे पनि बताएका छन्  । गण्डकी प्रदेश सरकारले बुधवार बजेट ल्याउँदै छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com