काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्।

सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।
आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए।

‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।’

उनकाअनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताए।

‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

प्रकाशित मिति: १ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com