धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रमा सुरक्षामा खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन्।

पहरामा रहेका नगरप्रहरीको लागि खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ गरेका थिए ।

साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि कोही कसैले अटेर गरे गाडीको नम्बर नोट गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिए ।

मेयर साम्पाङ्गले अरु नगरप्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेका थिए ।धरान उपमहानगरको प्रमुखमा मेयर साम्पाङ्गले जित हासिल गरेपछि तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो ।

नगरप्रहरी बिट नै स्थापना गरेर धरान उपमहानगरले धरान भेडेटार सडक खण्डको आँपगाछिमा पार्किङ्ग र दिशापिसाव नगर्ने जनचेतनाको लागि बोर्ड समेत राखेको छ। अहिले खानेपानीको मुहान क्षेत्रमा नुहाउने , दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com