काठमाडौं । पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।

लामिछानेले ग्लोबल नागरिक संग भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’ लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।

‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु’, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’

प्रकाशित मिति: २ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com