काठमाडौं । नेपाली सेनाले सन् २०१५ मा अमेरिकालाई लेखेको पत्रबारे स्पष्टीकरण दिँदै त्यसबेला विशेष परिस्थिति भएको जनाएको छ ।

नेपालमा गएको भूकम्पपछि विश्वका कैयौँ देशसँग सहयोगका लागि आग्रह गरिएको उल्लेख गर्दै नेपाली नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने, “ सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो । त्यसबेला अमेरिकासँग पनि मागेको हो । त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो । उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो। त्यो बेलामा आईपीएस पनि थिएन । अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ । अहिलेको अवस्थालाई हामीले राम्रोसँग बुझेका छौं ।”

उनले अमेरिकाका लागि लेखिएको पत्र आधिकारिक भएको बताए ।

 

प्रकाशित मिति: २ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com