काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल मूलधारका राजनीतिक दल काँग्रेस एमाले र माओवादीको विकल्प भएको बताएका छन् । उनले आफ्नो पार्टी संस्थागत हुन राजा र राजतन्त्रलाई पनि गाली गर्न आवश्यक नभएको बताए।

आज (शुक्रबार) पार्टीको झन्डा सगरमाथामा फहराउने पर्वतारोही पासाङ शेर्पालाई ‘चन्द्र स्मृति विशिष्ट सम्मान पुरस्कार’ प्रदान कार्यक्रममा बोल्दै उनले राप्रपा नेपालले राजालाई गाली गर्न आवश्यक नभएको पनि जिकिर गरे ।

‘कसैलाई गाली गर्न आवश्यक छैन, हामीले कसैको विरुद्धमा बोल्नुपरेको छैन,’ उनले भने ,’राजालाई गाली गर्नु जरुरी छैन, उनी स्वयं विस्थापित अवस्थामा छन् । राजालाई गाली गरेर अब केही हुँदैन किनभने उनको औचित्य सकियो पुनर्स्थापनाको सम्भावना अब सकियो’

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम गरिरहेका आरोप लगाए । “काँग्रेस र कम्युनिस्ट असफल भएका छन् ।

‘नीति असफल भएको छ, नेताहरू भ्रष्ट भएका छन् । यसको विकल्पमा हामीले जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेका छौँ,’ उनले भने, ‘यो १५–१६ वर्षमा जनता निराश हुन पुगेका छन् । त्यसको स्वतन्त्र उम्मेदवारको विजयीले स्पष्टरूपमा बुझ्न सक्दछौँ ।’

उनले प्रजातान्त्रिक व्यवस्थामा एउटा पार्टी असफल हुँदा त्यसको विकल्पमा कुनै एउटा व्यक्ति आएर व्यवस्थामा सुधार गर्न नसक्ने पनि धारणा राखे ।

 

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com