काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।

एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीलेभने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आफैँले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै वास्तविकता माग गरेको छ । कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौँ । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’

तर नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । उनले दलहरूले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राखे ।

उनले भने,‘यसो गर्दा देशले समृद्धि पाउँदैन । सुशासन पाउन्न । विकास र समृद्धिको कमन एजेण्डामा छलफल गर्नुपर्छ । जसरी पनि सरकारमा जाऊँ, जोसित पनि मिलेर जाऊँ भन्ने प्रवृत्ति देखिएको छ, यो त्यति उचित होइन । अहिले देशमा समाजवादमा कसरी पुग्न सक्छौँ भन्नेतर्फ कम चर्चा भएको छ । सत्ता प्राप्तिको लागि जस्तो प्रकारको गठबन्धन पनि गर्ने, जस्तो प्रकारको सम्झौता पनि गर्ने काम भएको छ । तर, राष्ट्रियता र समृद्धिको पक्षमा कम चर्चा छ । यो विषय गौण बनाइएको छ । एसपीपी अस्वीकार गर्नुपर्छ । यो राष्ट्रको हितमा छैन ।’

 

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com