काठमाडौं । प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ थान सिक्काहरू एउटा कसौडीमा राखिएको अवस्थामा फेला परेको बताएका छन् । केही सिक्काहरू १८०६ साल सम्मका रहेका छन्।
रा १ क १००२५ नम्बरको जेसिबीका अपरेटर तुलसीपुर-१५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले बुधबार दिउँसो नयाँ ट्र्याक खन्ने क्रममा सो सिक्का फेला पारेका थिए।
उनले फेला पारेका सिक्काहरूमध्ये ७३ वटा भारतीय छन्। ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन्। चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ। उनले ती सिक्काहरू आफ्नो घरमा लिएर गएका थिए।
प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले घरमा लगेर कसौडीबाट झिकेर अर्को प्लास्टिकको झोलामा राखेका थिए। अहिले उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
प्रकाशित मिति: ४ असार २०७९, शनिबार
प्रतिक्रिया