काठमाडौं । आज इटहरीमा भएको स्वतन्त्र उम्मेदवारहरुको भेलामा पूर्वकम्युनिस्टदेखि राजावादीसम्म सहभागी भएका छन्। उक्त भेलामा आगामी निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि साझा एजेन्डा तय गर्नुपर्ने र एक अर्कालाई सहयोग र समन्वय गर्नुपर्ने उनीहरुको धारणा थियो।

भेलामा सहभागीमध्ये एकथरीले स्वतन्त्रहरुको छुट्टै पार्टी बनाएर आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा जानु पर्ने बताए भने अर्काथरीले स्वतन्त्र रुपमा नै उम्मेदवारी दिनु पर्ने बताए। भेलाले पार्टी बनाउने कि नबनाउने भन्ने विषयमा भने ठोस पनि निर्णय हुनसकेन।

भेलामा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उठेका मेयर, अध्यक्षदेखि वडा अध्यक्षसम्मको सहभागिता थियो।

भेलामा सहभागी इटहरीका पदम अधिकारीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको विजयले अभियानका सहभागीहरु उत्साहित भएको बताए।

‘भेलामा फरकफरक विचारहरु आए। तर अहिले नै पार्टी बनाइहाल्ने निर्णय भने हुन सकेन,’ अधिकारीले भने।

 

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com