काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्।

आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रङ्गशाला र पार्क बनाउने चाहना रहेको बताए।

उनले लिग खेल्ने काठमाडौँका क्लबहरूमा बाहिरका खेलाडीको वर्चस्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रङ्गशाला पनि आवश्यक पर्ने बताएका थिए।

‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौँ,’ मेयर बालेनले भने, ‘सिसडोलमा रहेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रङ्गशाला र पार्क निर्माण गर्न चाहन्छौँ।’

काठमाडौँबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ। महानगरभित्रका ए डिभिजन क्लबलाई महानगरले वार्षिक १० लाख दिने गरेको छ।

नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए।

‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौँ। सुशासन, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौँ,’ उनले भनेका छन्।
प्रशासन

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com