काठमाडौं । यतिबेला फेरि लौरोको चर्चा छ । लौरो त्यो पनि सुनको । लौरो ल्याउने दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम पनि चर्चामा छन् ।

यथार्थमा सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति दुवै नक्कली भएको खुलेको छ । लौरो ल्याउने मक्तुम मार्सी भनिने दुर्गा प्रसाईंको निम्तोमा नेपाल आएका हुन् । उनी सिधै काठमाडौं उत्रिएर ४ असारमा झापा हान्निए ।

झापा विमानस्थलमा उनले ल्याएको भनिएको सुनको लौरो भाइरल भयो । मक्तुमले आज प्रसाईंको अस्पताल बीएण्डसीको क्यान्सको अत्याधुनिक मेशिनको उद्घाटन समेत गरे ।

दुबईको राजकुमार नै आएको भन्दै सरकारी तहबाट खोजबिन भयो । दुबईका राजकुमार सामान्य तरिकाले कसरी आए भन्ने चर्चा परिचर्चा भयो । वास्तवमा राजकुमार भनिएका मक्तुम दुबईको राजपरिवारका टाढाका नातेदार भएको खुलेको छ । उनी राजकुमार भने होइनन् । दुबईका राजकुमारको नाम शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन् । थप मक्तुम नै भएपनि नेपाल आएका शेख मोहम्मद हुन् । राजकुमारको नाम भने शेख हमदन हो ।

मक्तुमले ल्याएका सुनको लौरो जलप लाएको खुलेको छ । लौरो विशेष प्रकारको देखिन्छ । दुर्गा प्रसाईंले भने खुकुरी उपहार दिएका छन् ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com