काठमाडौं । हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्यायले कृश्चियनहरुले द्वन्दको बिजारोपण गरेको बताएका छन्। मानिस जन्मजात धार्मिक हुने हुनाले भ्रम र स्वार्थमा धर्म परिबर्तन गर्नु अधर्म हुने तर्क गरेका छन्।

नेपालमा धर्म परिबर्तन हुनुमा राज्यको ठूलो कमजोरी रहेको भन्दै राज्यले कमजोरी बेलैमा नसुधारेे देश गम्भीर दुर्घटनामा पर्ने समेत बताएका छन्।

ग्लोबल नागरिक संगको संक्षिप्त कुराकानीमा उपाध्यायले भने, ‘नेपालमा कृश्चियनका मतियार राजनीतिक दलहरू हुन्। इसाईकरण हुनुमा राजनीतिक दलहरुको प्रमुख भुमिका रहेको छ, गलत राजनीतिक नेतृत्वको कारण नेपालमा धर्मयुद्धको अबस्थामा सिर्जना हुनसक्छ।’

धर्म परिबर्तन नेपालको लागि घातक भएको भन्दै बिदेशीको इसारामा नेपाल इसाईकरणको बाटोमा गएको प्रती दु:ख व्यक्त गरेका छन्।

गरिबी, अशिक्षा र बेरोजगारीको फाइदा उठाउदै कथित इशाईहरुले भ्रमको खेती गरेर निहित स्वार्थमा धर्म परिबर्तन गराइरहेको प्रती आक्रोश व्यक्त गर्दै अब नेपाली जनताले यो कुरा बेलैमा बुझ्न समेत सुझाव दिएका छन्।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com