काठमाडौं । प्रधानमन्त्रीपत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘रुटिन अफ नेपाल बन्द’ नामको सोसल साइट किनेर चुनाव प्रचारप्रसार गरेको आरोप लगाएकी छिन् ।

आज पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जित्न बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरोप लगाइन्।

‘सोसल मिडिया रुटिङ अफ नेपाल बन्द बालेनले कतिमा किन्नु भयो ?’, उनले प्रश्न गरिन् ।स्वतन्त्र उठेर चुनाव जितेकाहरूले कस्तो काम गर्छन् त्यो भने हेर्न बाँकी रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com