काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । पत्रकारीता छोडेर राजनीतिमा प्रवेश गरेको रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।

‘कानुनत स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उनले लेखेका छन् ।

स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी दर्ता गर्न नपाउने उनको तर्क छ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com