काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको पक्षमा काम गरे पार्टीप्रति जनविश्वास बढ्ने बताएकी छिन्। नेपाली काँग्रेस पर्वतद्वारा आयोजित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले सुरुवातदेखि नै राम्रो काम गर्नुपर्ने बताइन् ।

‘विहानीले दिनको संकेत गर्छ भने झै तपाईहरुले सुरुमै राम्रो काम थाल्नुपर्छ,’ उनले भनिन्, ‘यसले पार्टीप्रति जनविश्वास पढ्छ । हरेक दिन सकारात्मक सोच्नुस् । सकारात्मक उर्जा निकाल्नुस् । हामीले देश बनाउने हो ।’ उनले जनता र पार्टीका सार्थीहरुको सम्बन्धन सँगसँगै लिएर अगाडि बढ्न उनले आग्रह गरिन् । ‘राम्रो काम गरेर अवार्ड पाएका साथीहरु पनि चुनाव हार्नुभयो । काम मात्र गरेर पार्टीका साथीहरुसँग सम्बन्धन कायम राख्ने च्यानल बनाउन नसक्दा चुनाव हारिदोरहेछ । जनताको काम र पार्टीसँगको सम्बन्ध सँगैसँगै लिएर जानुपर्छ ,’ देउवाले भनिन् ।

नेतृ देउवाले पार्टीभित्र तमासा हुँदा स्वतन्त्रहरु अगाडि आएको बताइन् । ‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आए । आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छ,’ उनी भन्छिन्, ‘हामी मिल्नुपर्छ । भोलि चुनावमा जित्ने कुरा गरिरहेका छौं । त्यसका लागि घर बलियो बनाउनुपर्छ ।’

 

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com