काठमाडौं । आज दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल हेरफेरका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बैठकमा नेपली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शिर्ष नेताहरुलाई सहभागी हुन भनिएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने प्रतिकृया दिएका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादी पनि आफ्नो निर्णयबाट पछि हटेको थियो ।

हाल संसदबाट बजेट पनि पारित भइसकेको छ । यो सँगै प्रधानमन्त्री देउवा मन्त्रिमण्डल हेरफेका लागि तयार भएका हुन् । आजको बैठकपछि सत्तासीन सबै दलहरुले नयाँ मन्त्री पठाउने तयारी तयारी गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com