काठमाडौं । साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न वकिलसँग घुस बार्गेनिङ गरेर विवादमा परेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी खोसिएको छ।

न्यायपरिषदको बुधबार बसेको बैठकले यो प्रकरणमा जाँचबुझ आयोग बनाएसँगै न्यायाधीश कोइरालाको जिम्मेवारी खोसिएको हो।

बैठकले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाउँदै ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ। यो प्रकरणमा छानबिन समितिले प्रतिवेदन नबुझाउन्जेललाई न्यायाधीश कोइरालाले मुद्दा हेर्न पाउने छैनन्।

‘निर्णयमा ठ्याक्कै निलम्बन भनेर लेखिएको छैन। तर उहाँ (न्यायाधीश कोइराला) ले प्रतिवेदन नआउन्जेल मुद्दा हेर्न बेन्चमा जान पाउनु हुने छैन। छानबिन प्रतिवेदन नआउन्जेलसम्म उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ;’ स्रोतले भन्यो।

इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले कोइरालासँग घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि विवाद बढेको थियो।

उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए।

अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका थिए। –नेपाल खबर

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com