दाङ । दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छिन् । विहे नभएकी बाँके निवासी  ३७ वर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर  अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक अस्पतालबाट उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ ।  दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अबस्थामा रकम हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो ।  ३० लाख तिर्न नसक्ने भएपछि उनी तुलसीपुर कारागारमा छिन् ।

कस्को हो बच्चा ? 
लालमटिया स्थित बैंकमा काम गर्दा उनको फेसबुकमा एक व्यक्तीसँग चिनजान भयो । उनका अनुसार ति व्यक्ती काँग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसँग कुराकानी नियमित भइरहयो । त्यसपछि भट्टले बिहेको प्रस्ताब गरे। उनी त्यमा प्रभावित भइन । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दी बताउछिन् ।‘हाम्रो फेसबुकमा नियमित फोन भइरहन्थ्यो’,उनले भनिन्‘त्यसपछि गएको भदौतिर काठमाडौंमा भेट भयो र त्यहाँ सम्पर्क भएको थियो।’ त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । बिहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताइन् । कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउँछिन् । तर, भट्टले सधै बच्चा फाल्न भनिरहेको उनी बताउँछिन् । पछिल्लो समय उनी सम्पर्कमा नआएको समेत ति बन्दीको भनाई छ । यस विषयमा बुझन् खोज्दा भट्टको फोन उठेन । भट्ट करिब ५० वर्ष जतिको रहेको समेत ति बन्दीले बताइन् ।

तुलसीपुर कारागारमा तीन जना बच्चा 
यसअघि तुलसीपुर कारागारमा दुई जना बच्चासहितका कैदी थिए । आमा कैदी बन्दी रहेको र बच्चा साथमै रहेको अबस्थामा थिए । अब थप एक जना भएसँगै कारागारमा ३ जना बच्चा रहेको कारागारका जेलर वलीले बताए । अहिले ति बन्दीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ। बच्चाको अवस्था सामान्य छ । केही दिनपछि डिस्चार्ज गर्ने र डिस्चार्ज पछि ति बन्दीलाई पुनः कारागारमा ल्याइने उनले बताए । – नयाँ पत्रिका

 

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com