काठमाडौं । चीनले स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चिनयिङले नेपाल सरकारको निर्णयको प्रशंसा गरेका हुन् ।

उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा चीनले सधैँ सघाउने पनि बताए ।

प्रवक्ता चुनइङले नेटोलाई चिनियाँविरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनीसमेत दिए।

चिनयिङले अमेरिकी नेताहरुले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पनि लगाए ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com