काठमाडौं । मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि बिहीबार बेलुकी झडप भएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ। इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।

 

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com