काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नु समग्र सत्य नभएको बताए । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।                                                                                                       युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा भएको बताउँदै उनले भने, ‘यो गतिशील दुनियाँ हो । स्वतन्त्र युवाहरूकाे जितलाई अपवादको रूपमा लिनुपर्छ । यसलाई आंशिक सत्यको रूपमा लिनुपर्छ ।’

नेपालमा मुख्य दुई वटा राजनीतिक पार्टी एमाले र नेपाली कांग्रेस भएको भन्दै अध्यक्ष ओलिले उनीहरुले ठिक काम नगरेमा अपवादका रूपमा नयाँ शक्ति जन्मिने पनि बताए ।
राजनीति र राजनीतिक सङ्गठनमा विचारको महत्त्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यका लागि विचार आवश्यक रहेको पनि उनको भनाई थियो ।

साथसाथै युवाहरूमा राजनीतिप्रति घृणा नभएर आकर्षण बढेको पनि बताउँदै ओलिले युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि आफ्नो सङ्गठन बनाएर राजनीतिमा युवहरु लागिरहेको पनि बताए ।

 

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com