काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले मन्त्री आलेलाई कुनै पनि सार्वजनिक पदमा आउन नहुने  र आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न  रोक लगाउनेगरी आदेश माग गरेका छन्। मन्त्री आले बारम्बार विवादमा आउने र अश्लील गालीगलौज गरी समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै उनीहरुले उक्त आदेश माग गरेका हुन्।

‘निजले मन्त्री भएपछि गरेका कामहरु पटक-पटक विवादमा आउने गरेका छन्। निजले दिने अभिव्यक्ति निजको स्वतन्त्रता हो तर सार्वजनिक जीवन निर्वाह गर्दा निजले सोबारे संवेदनशील हुनुपर्ने हुन्छ। मन्त्री आलेले पछिल्लोपटक अश्लील शब्द प्रयोग गर्दै नेपाल बायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई गाली गरेको अडियो सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। निजले पहिलोपटक यही पदीय हैसियतमा रहँदा २०७८ फागुन ३ गते सार्वजनिक भएको टेलिफोन सम्वादमा मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सञ्चारमाध्यम रमा सार्वजनिक भएको थियो,’ रिट निवेदनमा भनिएको छ।

त्यही भएर मन्त्री आलेलाई संविधानको धारा १३३ (२), (३) अनुसार अन्तरिम आदेश माग गरिएको छ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com