काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघात गरेको आरोप लगाएका छन्।

ललितपुरमा आयोजित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘एमसिसीमा अमेरिकाले १२ बुँदे घोषणालाई स्वीकार गरेको छ। अहिले त्यो घोषणा योजनाकै अंग बनेको छ। तर राष्ट्रवादी भन्नेहरुले एमसिसी जस्ताको तस्तै पास गर्न चाहेका थिए। राष्ट्रियताको संरक्षण गर्दै देशलाई दुर्घटनाबाट बचायौँ।’

एमसिसीमा १२ बुँदे सहमति नगरेको भए गठबन्धन, सरकार, सभामुख, प्रदेश सरकार गुमाउनुपर्ने अवस्थामा पुगेको भएकाले बाध्य भएको प्रचण्डको भनाई छ।

उनले एसपिपीमा केपी ओली नै प्रधानमन्त्री र रक्षा मन्त्री भएको बेला सम्झौता भएको दाबी गरे। ‘केपी गुटले एसपिपी राष्ट्रघाती हामी राष्ट्रवादी भन्दै थिए। ओलीले नै राष्ट्रघात गरेका हुन्। उनले दिउँसै रात पार्न खोजे। झुटो प्रचार गरे’ प्रचण्डले भने, ‘मैले बोलेको कुरा केपी गुटको एकजनाले मेरो सदनमा पुगेर चुनौती दिन्छु भनेछन्।

त्यसको केही घण्टामै पत्र नै सार्वजनिक भयो। अहिले उनीहरुले थाहा भएन भनेर झुट कुरा गरिरहेका छन्।’ सेनाले लेखेको पत्रमा रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ गरेर पठाएको बताए। ओली गुटले पत्रबारे थाहा थिएन भन्नु झुट कुरा मात्रै भएको प्रचण्डको दाबी छ।

 

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com