काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने भएको छ। मूल्यवृद्धिविरूद्ध भ्रातृ संघसंस्थालाई सडकमा उतार्न लागेको हो ।

जनसंगठन समन्वय संयन्त्रको बिहीबारको बैठकमा पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि भएकोमा विरोध गर्न सडक आन्दोलन गर्ने निर्णय गरिएको संयन्त्रको उपसंयोजक रचना खड्काले बताईन् ।त्यस्तै उपसंयोजक खड्काले किसानले खेती गर्ने बेला रासायनिक मल नभएको र पढ्ने बेला विद्यार्थीले पुस्तक नपाएको पनि बताइन्।                                                एमालेले अनेरास्ववियुलगायत २२ जनसंगठनलाई सडकमा उतार्ने तयारी भएको जनाएको छ ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com