४ वैशाख, काठमाडौं ।काठमाडौंबाट लुक्लाका लागी उडेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ ।आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको बताईएको छ । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरु सुरक्षित रहेका छन् ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com