काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा प्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’

उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ । ‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’

यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए । उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’ राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने उनले बताए । लामिछानेले भने, ‘उहाँहरुको सफलताले त्यसलाई परिभाषित गर्छ, प्रमाणित गर्छ । हामीले उहाँलाई सफल कार्यकालको शुभकामना दिने हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए । उनले भने, ‘हाम्रो पार्टीमा ल्याउन नल्याउने भन्दा पनि उहाँहरुको कार्यकालको सफलता हाम्रा लागि प्राथमिकताको कुरा हो ।’

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com