काठमाडौं । नेकपा एकीकृत समाजवादीका ६ सांसदले पार्टीले मन्त्री फेर्न गरेको निर्णयविरुद्ध बुझाएको विद्राेहकाे पत्र फिर्ता लिएका छन् ।

शुक्रबार सरकारमा रहेका मन्त्रीहरुसहित नेकपा एसका १० सांसदहरुले पार्टीको निर्णय चित्त नबुझ्दो भएको भन्दै विभिन्न माग राख्दै ८ बुँदे पत्र अध्यक्ष माधव नेपाललाई बुझाएका थिए ।

उनीहरुले तत्काल संसदीय दलको बैठक बोलाउन पनि अध्यक्ष नेपालको ध्यानाकर्षण गराएका थिए ।

पत्र फिर्ता लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सांसद धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी रहेका छन्।

त्यस्तैगरी सांसद निरा जैरू पनि हस्ताक्षर फिर्ता लिने तयारीमा रहेको जनाइएको छ । यसअघि अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री परिवर्तन गर्ने भन्दै नयाँ मन्त्रीहरुको नाम नै पठाइसकेका थिए ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com