काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाउने चेतावनी दिएका छन्।

आज सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि संगको अन्तरक्रिया, बधाइ तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै पुनले स्थानीय तहको निर्वाचनमा काँग्रेले धेरै चलाखी गरेको बताए ।

आगामी दिनहरूमा पनि यस्तै चलाखी काँग्रेसले गर्छ भने गठबन्धनको निरन्तरता नहुने पुनले बताए। तर अहिले नै वाम गठबन्धन गर्ने आधार तयार नभएको पनि नेता पुनले बताएका छन् ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com