काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिएकी छन् । झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएकी हुन्। राजीनामाबारे जानकारी दिन अहिले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गरेकी थिइन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी झाँक्री पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट छिन्। आले र झाँक्रीसहित १० जना सांसदले केही दिन अघि मन्त्रिपरिषदमा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रकाशित मिति: १२ असार २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com