काठमाडौं । बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छिन् ।

मन्त्रीका रूपमा अन्तिम पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक देखिइन् । उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन् । पटक पटक न्यापकिनले आँखा पुछेकोसमेत देखिएको थियो । आँखामा गाजल लतपतिएको थियो । उनको अनुहारमा पूर्ण रूपमा उदासी छाएको थियो भने मुस्कान हराएको थियो ।

मन्त्रालयका कर्मचारीले झाँक्रीलाई खादा लगाएर बिदाइ गरेका थिए । साथै बुद्धमूर्ति उपहार दिए। मन्त्री झाँक्रीले कार्यक्रममा सम्बोधन गरिनन् । उनले आफू बोल्न सक्ने हालतमा नभएको बताइन् ।

 

प्रकाशित मिति: १२ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com