काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै राष्ट्रपति विद्या देवि भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ कोफ उपधारा १ बमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालय विज्ञप्तिमार्फत् जनाएको छ।

नयाँ सूचीअनुसार एकीकृत समाजवादीका तर्फबाट सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी प्रसाद खापुङ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ।

 

प्रकाशित मिति: १२ असार २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com