काठमाडौं । मन्त्रालयको बिदाई कार्यक्रमबाट रुँदै बाहिरिएकी निवर्तमान मन्त्री झाँक्रीले पत्रकार ऋषि धमलाको कार्यक्रममा आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको बताएकी छन्।

मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। उनले समाजवादी पार्टीकै कारण आफू मन्त्री बनेको स्मरण गरिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उनले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको बताइन्।

झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताउँदै यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उनको भनाई छ ।

प्रकाशित मिति: १३ असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com