काठमाडौं । भर्खरै कोटेश्वरमा ठुलो सवारी दुर्घटना भएको छ। जडिबुटी बाट सातदोबाटो तर्फ जाँदैगरेको माइक्रोबस (हाइस) कोटेश्वर भाटभटेनी अगाडी दुर्घटना भएको हो ।

हाइसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका पैदलयात्री देवकुमार सेन रहेका छन् । उनको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जडिबुटीबाट सातदोबाटोतर्फ गइरहेको बा २ ख १२२१ नम्बरको हाइसले उनलाई ठक्कर दिएको हो ।

ओभर स्पिडमा रहेको हाइस ०० ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किएको थियो । हाइस क्षतिग्रस्त भएको छ ।

चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइते सह चालकको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: १३ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com