काठमाडौं । राजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने हुनुभएको छ। दुईसाता अघि रानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुग्नुभएका राजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लाग्नुभएको हो।

युवराज पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै हुनुहुन्छ। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्नलाग्नुभएको राजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाउनुभएको छैन्।

उहाँले गत वर्ष देश कोभिडले आक्रान्त बनेको कारण जन्मदिन मनाउनु भएन। त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो। कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाउनुभएको ज्ञानेन्द्रले यो वर्ष थाइल्यान्डमा अध्ययनरत नातिनीहरु संग बसेर जन्मोत्सव मनाउन लाग्नुभएको हो।

प्रकाशित मिति: १६ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com