काठमाडौं । बुद्धनगर स्थित काठमाडौं केएमसी स्कुलको होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली भन्छन्, ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी हुन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नै केएमसी पुगेको थियो। घटनाको अनुसन्धान भैरहेको छ।’

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका  ७:३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ ।

पारिवारका अनुसार उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्थिन्। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्। उनी जेठी छोरी हुन् । आमाबुबा भने गाउँमै खेती गर्छन्।

प्रकाशित मिति: १९ असार २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com