काठमाडौँ । पटकपटक विवादमा आइरहेका माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका जनार्दन शर्माको राजीनामाको विषयमा छलफल भइरहेको छ ।

विवादमा आएपछि उनलाई हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

अर्थमन्त्रीलाई हटाउने देउवा र प्रचण्ड दुवै सकारात्मक रहेका छन् । उनलाई हटाएपछि अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रकै अर्का नेता राख्ने कि काँग्रेसका नेतालाई नियुक्त गर्ने भन्ने विषयमा प्रचण्ड र देउवा बीच छलफल भईरहेको छ।

केही समयअगाडी राष्ट्र बैंकका गभर्नरमाथि दोष थुपारेर अर्थमन्त्री शर्मा उम्किन लागेका थिए । तर निलम्बन भइसकेका गभर्नर सर्वोच्चको आदेशसंगै पुन राष्ट्र बैंक छिरेका थिए ।

अहिले फेरी शर्मा अर्को गम्भीर नैतिक संकटमा परेका छन्। अर्थमन्त्रालयको सिसिटिभी डिलेट गरेका कारण उनीमाथि राजीनामाको नैतिक दबाब परेको छ ।

 

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com